उपकार सेवा नेपालद्वारा वृद्धा आश्रममा सामाग्रीहरु प्रदान

राम मण्डल
329 पाठक संख्या

वीरगञ्ज : उपकार सेवा नेपालले वृद्धाश्रममा बिभिन्न सामाग्रीहरु प्रदान गरेको छ।

पर्साको ठोरी गाउँपालिका–१ भगवाननगर स्थित वृद्धाश्रममा आश्रित रहेका २३ जना अपाङ्ग,सुस्त मनिस्थिती,वृद्धबृद्धा,आमा बुवा तथा बालबालिकाहरुको लागी सामाग्रीहरु प्रदान गरिएको हो।

उपकार सेवाले दाल, चना,मटर,नुन,बिस्कुट,सर्फ फिनायल,हार्पिक,वाईवाई –२ कार्टून,कपड़ा धुने साबुन,नुहाउने साबुन,खाने तेल,चिउरा,भुजा जस्तो दैनिक उपभोग्य सामाग्रीहरु प्रदान गरेको हो।

आश्रमको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उक्त सामानहरु प्रदान गरिएको थियो। कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमको सदस्य रामबहादुर थिङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरेकी हुन्।

दैनिक उपभोग्य ती सामानहरु आश्रमका लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले प्रदान गर्दै आएको हो।

Leave a review