बारामा फरार प्रतिवादी सद्दाम पक्राउ

साझेदारी दैनिक
274 पाठक संख्या

कलैया : बारा प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरी बारा जिल्ला अदालतमा दाखेल गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारेमा जानकारी दिएका हुन्।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहत प्रहरी चौकी बरियारपुर बाराबारा खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका उनलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो।

प्रहरीले महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरी निवासी ३७ वर्षीय सदाम हुसैनलाई नियन्त्रणमा लिएको हो। चेक अनादर मुद्दामा बारा जिल्ला अदालतबाट एक हजार दण्ड लागि हुसेन फरार रहेका थिए।

Leave a review

This will close in 0 seconds