प्रगतिशील सामुदायिक वन औराहाको भयो साधारण सभा

साझेदारी दैनिक
307 पाठक संख्या

सिमरा:भोजराज भट्टराई/ प्रगतिशील सामुदायिक बन उपभोक्ता समिति औराहाको २७औं वार्षिक साधारण सभा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित संस्थाको कार्यालय परिसरमा शनिबार सम्पन्न भएको छ।

साधारण सभाका प्रमुख अतिथि बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले साधारणसभाको उद्घाटन गरेका हुन्।

पूर्व मन्त्री तथा सांसद श्रेष्ठले प्रगतिशील सामुदायिक बन उपभोक्ता समितिको बन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सुझाव दिए। यस काममा आफूले सक्दो पहल गर्ने आश्वासन समेत उनले दिए।

जीतपुरसिमरा आउने आन्तरिक पर्यटकको रोजाईमा रहेको औराहाको देवाश्रम पार्क निर्माणका लागि आफू प्रतिवद्ध रहेको उनले जनाए। समूहलाई ३० लाख रुपैयाँको योजना उपलब्ध गराएको स्मरण गर्दै औराहामा आफ्नो निवास समेत रहेकाले औराहाको समग्र विकासकालागि आफू चिन्तित रहेको बताए।

प्रगतीशिल सामुदायिक बन उपभोक्ता समितिको सदस्यता पाउन आवश्यक प्रकृया पुरा गरेर आफू पनि सदस्य बन्ने उनले योजना सुनाए। मधेश प्रदेशकापूर्व सांसद सुन्दर विश्वकर्माले प्रतिनिधि मुलक सदस्यता चयन गर्न समितिको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष ईश्वर केसी,नेपाली काँग्रेसका रमेश पण्डित,समितिका पूर्व अध्यक्ष रमेश खरेल,घण्टीमाई सहकारीका सचिब त्रिलोक ठकुरी लगायतले सम्बोधन गर्दै साधारणसभाको सफलताको कामना गरेका थिए।

संस्थाका अध्यक्ष कुमार त्रिपाठीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण संस्थाका सचिब डम्बर खड्काले गरेका थिए। अधिवेशन सहितको साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।

Leave a review

This will close in 0 seconds