लेखापढी ब्यवसायी बन्न जिल्ला अदालत पर्साले खुलायो आवेदन

साझेदारी दैनिक
396 पाठक संख्या

वीरगञ्ज : पर्सा जिल्लामा लेखापढी ब्यवसायी बन्न जिल्ला अदालत पर्साले आवेदन खुलाएको छ।

अदालतले एक सूचना जारी गरी लेखापढी ब्यवसायीको प्रमाणपत्र लिनको लागि आवेदन खुल्ला गरेको हो।

सूचना जारी भएको मितिले १५ दिनभित्र लेखापढी ब्यवसायीको प्रमाणपत्र लिनको लागि अदालतमा आवेदन दिन सकिने छ।

प्रमाणपत्र लिनको लागि नेपाली नागरिकले एसएलसी,एसइइ वा सो सरह उतिर्ण भएको हुनुपर्ने छ। एक सय १० रुपैयाँ दर्खास्त दस्तुर राखिएकोमा अगामी माघ ९ गते आवेदकहरुको लागि सम्पर्क मिति तोकिएको छ।

अन्य जानकारीका लागि अदालतको प्रशासन शाखामा कम्प्युटर अधिकृत देबि बहादुर मगरलाई सम्पर्क गर्न सकिने अदालतले जारी गरेको सूचनामा लेखिएको छ।

Leave a review

This will close in 0 seconds