प्रेस युनियनद्वारा महासंघका नवनिर्वाचितहरुको सम्मान

साझेदारी दैनिक
252 पाठक संख्या

कलैया : नेपाल प्रेस युनियन बाराले शुक्रबार बारा उद्योग बाणिज्य संघ कलैयाको सभाहलमा नेपाल पत्रकार महासंघमा केन्द्र,प्रदेश र जिल्लाबाट नवनिर्वाचित सवैमा सम्मान गरेको छ ।

प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई गम्छा ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा नवनिर्वाचित नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान,केन्द्रिय परिषद सदस्य भोजराज भटृराई,प्रदेश सदस्य संजिव मिश्रा,प्रदेश परिषद सदस्य पवन यादव, अनिल कुमार साह,रामेशवर मेहतालाई सम्मानित गरिएको हो ।

यसैगरी नेपाल पत्रकार महासंघ बाराका नवनिर्वाचित महिला उपाध्यक्ष प्रियांका दास,कोषाध्यक्ष रन्जन यादव,सदस्य प्रभुप्रसाद यादव,चन्दन कुमार मेहता,नारायण पौडेल,धिरेन्द्र पनुहर,नुर आलम बादशाह लगायतकालाई सम्मान गरिएको हो ।

उक्त अवसरमा बोल्दै वक्ताहरुले नेपाल पत्रकार महासघलाई बन्धक बनाउन नदिने चेतावनी दिए । उनीहरुले महासंघको बिधान बिपरित गरिने कार्य सहय नहुने समेत बताए ।

महासंघ सबैको साझा संगठन रहेको उनीहरुको भनाई रहेको थियो। महासंघका नवनिर्वाचित कार्य समितिलाई पत्रकाहरुको हक हित,पेशागत सुरक्षा लगायतको बिषयमा गम्भिर बन्न आग्रह गरे ।

पत्रकार महासंघलाई सबैको लागि काम गर्न उनीहरुको सुझाव रहेको थियो । सञ्चारकर्मीले कुनैपनि सञ्चार माध्यममा काम गर्दा नियुक्ति पत्र लिएर मात्र काम गर्नुपर्ने उनीहरुको भनाई रहेको थियो ।

उक्त कार्यक्रममा प्रेस चौतारीबाट नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरु नआएकोमा खेद प्रकट समेत गरिएको थियो । उनीहरुले कित्ताकाट गरेर अगाडी बढन नदिने चेतावनी समेत दिए ।

सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान,केन्द्रिय परिषद सदस्य भोजराज भटृराई,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य गणेशराज रिजाल,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष गुरु प्रसाद गौत्तम लगायतकाले पत्रकार महासंघले सबै पत्रकारलाई एक्ताबद्ध गर्नुपर्नेमा जोड दिए ।

उतm सम्मान कार्यक्रममा सञ्चालन नेपाल प्रेस युनियन मधेश प्रदेशका सचिव सन्तोष पाण्डे एवम् स्वागत नेपाल प्रेस युनियन बाराका सचिव राजेश कुशवाहाको रहेको थियो ।

Leave a review