बारामा ६५ हजार बराबरको अबैध समान प्रहरीद्रारा बरामद

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 63 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा प्रहरीले ६५ हजार रुपैयाँ बराबरको अबैध समान बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहतका तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले विभिन्न स्थानमा गाडिहरूलाई रोकी चेक जाँच गर्ने क्रममा ६५ हजार बराबरको अबैध समान बरामद गरेको हो ।

विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. ६५ हजार २ सय रूपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर स्थितमा टाउकोमा बोकी भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी मुल्य अठार हजार रुपैयाँ बराबको चप्पल बरामद गरेको छ ।

त्यस्तै प्रहरीले कलैया उप-महानगरपालिका वडा नम्बर ४ हनुमान मन्दिर स्थितमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ना.५४ प ९३९१ नम्बरको मोटरसाईकलमा भन्सार छली गरी अन्दाजी मुल्य अठ्ठाईस हजार रुपैयाँ बराबरको पाउडरको दुध बरामद गरेको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको जितपुरसिमरा उप-महानगरपालिका वडा नम्बर ७ स्थितमा बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको म.प्र.०३-००१६ प ८६२१ नम्बरको यात्रुबाहक बसमा लुकाई छिपाई राखेको ३२ पैकट मिट मसला बरामद गरेको छ ।

उक्त ३२ प्याकेट मिट मसलाको बिल बिजक नभएको अन्दाजी मुल्य उन्नाईस हजार दुई सय रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

अबैध समानलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review