ट्राफिक प्रहरीको विद्यालय देखि सडकमै ट्राफिक सचेतना कार्यक्रम

साझेदारी दैनिक
साझेदारी दैनिक 136 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

दुर्घटना न्यूनिकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सक्रिय भएको छ ।

ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको तथ्यांक आइरहेको बेला ट्रफिक प्रहरीले आप्mनो सक्रियता देखाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ र मातहतको युनिटले सडकमै ट्राफिक सचेतना आयोजना गरेको छ ।

ट्राफिक प्रहरीले जिल्लाको निजगढ,सिम्रौनगढ,कलैया,जीतपुरसिमरा,महागढीमाई नगरपालिकाको विभिन्न ठाउँमा बुधबार सडकमै ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको हो ।

निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका कार्यालय प्रमुख प्रहरी निरीक्षक रामकुमार महतो एक कार्यक्रममा सहभागि भएका हुन् ।

उनले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कक्षामा शिक्षण गरेका हुन् ।

सडक प्रयोगकर्ता तथा सवारी चलाउने ब्यक्तिले जान्नु पर्ने ट्राफिक नियमबारे विद्यार्थिलाई बताएका हुन् । सडकमा अपनाउनुपर्ने सावधानी,दुर्घटना हुनसक्ने सम्भावित कारण लगायतका विषयमा सचेतना कार्यक्रम अभियानकै रुपमा अगाडि बढाइएको बताएका छन् ।

ट्राफिक प्रहरीले महागढिमाई नगरपालिका वडा नम्बर ७ पिप्राढी बेनौलीमा श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय पिप्राडी बेनौलीमा कक्षा ११र १२ मा अध्ययनरत बिद्यार्थीहरु लाई ट्राफिक नियम सम्बन्धित जनचेतना कक्षा सञ्चालन गरिएको थियो ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ बसपार्कमा अस्थाई ट्राफिक प्रहरी पोष्ट सिम्रौनगढले सर्वसाधारण तथा पैदल यात्रीहरुलाई ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम अन्तर्गत जानकारी दिएको थियो ।

बाराको अमलेखगन्ज र जीतपुरमा ट्राफिक प्रहरीले बिभिन्न सवारी साधनका चालक तथा सह–चालहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कक्षा सञ्चालन गरेकोरेको थियो ।

बाराका ट्राफिक प्रमुख प्रहरी निरीक्षक महतोले जिल्लामा दुर्घटना बढ्दै गएको जनाए । यही सन्दर्भमा अभियानकै रुपमा सचेतना कार्यक्रम र विद्यालयहरुमा सचेतना कक्षा सञ्चालन गरिने उनले बताए ।

दैनिक ३ देखि ४ स्थानमा चालक,
सहचालक,पैदलयात्री,कलेज,विद्यालय,सर्वसाधारण लाइ ट्राफिक सम्बन्धी नियमहरु बारे प्रशिक्षण दिइरहेको उनले साझेदारी दैनिकलाई बताए ।

जिल्लामा मुख्य दुर्घटनाका कारणहरु ट्राफिक नियम उलंघन गर्नु रहेको उनले बताए । यस्तै लेन अनुशासन पालन नहुनु पनि दुर्घटनाको कारण रहेको उनले जनाए ।

मापसे तथा लापसे गरी सवारी साधन चलाउनु, सडक संरचनामा भौतिक पूर्वाधारको कमी हुनु लगायतकाले दुर्घटना भइरहेको उनले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review