कलैया : कृषि अर्गेनिक्स दिल्लीका प्रबन्ध निर्देशक राजिव झाले नेपालमा बिगत अढाई बर्षदेखि कृषि क्षेत्रमा काम गरी रहेको बताएका छन ।
राहुल एग्रो सप्लार्यस कलैया उपमहानगरपालिका १७ ब्र्रहम्पुरीले पर्साको वीरगञ्ज स्थित ओम पार्टी प्यालेसमा शुक्रबार राति आयोजना गरेको किटनाशक ब्यवसायीको भेलालाई प्रमुख आतिथ्यबाट सम्बोधन गर्दे प्रबन्ध निर्देशक झा ले यस्तो बताएका हुन ।
उनले बिभिन्न प्रकारका किटनाशक विषादीहरुको उत्पादन भईरहेको बताएका छन । नेपाली किसानहरुलाई मध्य नजर गरी किटनाशक उत्पादन गरीरहेको उनले बताए ।
झाले किटनाशक ब्यवसायीहरुलाई सहयोग गर्न आग्रह गरे ।उनले किसानहरुको साथ पाएमा अरु उत्पादनहरु समेत ल्याईने बताए ।
उक्त अवसरमा विषदी ब्यवसायीहरु राधेशयाम कुशवाहा,महेश प्रसाद,गोबिन्द केसी,बिजेन्द्र साह,पवन यादव,कृष्ण कुशवाहा,कृष्णनन्दन कुशवाहा,रबिन्द्र साह लगायतको बिशेष उपस्थिती रहेको थियो ।
राहुल एग्रो सप्लार्यसका सञ्चालक उमेश कुशवाहाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा सञ्चालन उमेश पटेलको रहेको थियो।


