कलैया : बारामा एसईई परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुको अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ । आइतबार एक कार्यक्रम बीच परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाराको सभा हलमा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले चैत ७ गतेबाट सुरु हुने एसईई परिक्षामा विधार्थीले मोबाईल प्रयोग गरेको पाईएमा मोबाइल जफत हुने बताउनु भएको छ।
यसपालिको परिक्षालाई मर्यादित बनाउन मोबाइल प्रयोगलाई निषेध गरिएको प्रजिअ अधिकारीले बताएका छन् ।
केन्द्राध्यक्षहरुको अभिमुखिकरणको क्रममा प्रजिअ अधिकारीले ४२ वटै परिक्षा केन्द्रका केन्द्राध्यक्षलाई परिक्षा मर्यादित बनाउन कडा निर्देशन दिनु भएको छ ।
त्यस्तै उक्त अभिमुखिकरण कार्यक्रममा परिक्षालाई मर्यादित बनाउन जारी भएको निती र निर्देशनको बारेमा शिक्षा विकास तथा समन्वय इकाई बाराका प्रमुख हेमराज खतिवडाले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
यो बर्ष एस.ई.ई परिक्षामा प्राविधिक र साधारण तर्फ कुल परिक्षार्थी ९ हजार ६ सय ७९ जना विधार्थी सहभागी हुने इकाई प्रमुख खतिवडाले जानकारी दिएका छन् ।
एसईई परिक्षामा कुल ४२ वटा केन्द्र रहने उनले बताए । सामुदायिक बिधालय १ सय ५ र निजि बिधालय ४७ गरि कुल १ सय ५२ वटा बिधालय संलग्न रहेको शिक्षा इकाई प्रमुख खतिवडाले बताए ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,ज्वाला दल गण ब्रहमपुरीका सेनानी कुमार खड्का,केन्द्राध्यक्ष तथा सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

