Sajhedari Daily
Latest News from Nepal

मान्छेलाई निरोगी जिन्दगी जिउनका साबुन पानी निकै महत्वपुर्ण छ ः मेयर यादव

Top Aside Banner

कलैया उपमहानगरपालिका मेयर राजेश यादवले मान्छेलाई निरोगी जिन्दगी जिउनका लागि साबुन पानी निकै महत्वपुर्ण रहेको बताएका छन् ।

बिश्व हात धुने दिवसको अवसरमा युनिसेफको सहयोग र जनजागरण युवा कल्ब बाराले कलैया उपमहानगरपालिका वडा नम्बर १ कटीमा कलैया उपमहानगरपालिको सहकायमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले साबुन पानीको महत्व सबैले बुझनु पर्ने कुरामा जोड दिए ।

विश्व अहिले कोभिड १९ को महामारीबाट गुज्री रहेको बताउदै सो रोगबाट बच्नका लागि पानी साबुन पानीले हात धुनु सबै भन्दा उतम उपाय भएको बताए । खान खानु भन्दा अघी र खाना खानु भन्दा पछि पनि साबुन पानीले मिची मिचि हात धुदा रोग धेरै हद सम्म नलाग्ने भएको हुदा पनि गाँउघरमा यसको महत्व अझै बुझाउनु पर्ने भएको हुदा आयोजकले अभियान तहद कार्यक्रम ल्याएको बताए ।

फरक प्रसंगमा यादवले कलैया उपमहानगरपालिकामा बिकासको लहर अगाडी बढाउदै हराभरा नगरपालिकाको रुपमा अगाडी बढाउन सोच र अठोठका साथागरिकको काममा कुनै ढिल्ला सुस्ती नगरि छिटो छरितो सेवा प्रभाव गर्नेका लागि मातहातका सबैलाई निर्देशन दिइसकेको बताए ।

जनजागरण यूवा क्लवका अध्यक्ष भैयाराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ३ का साँस रामबाबु कुमार यादवको स्वकिय सचिव कमलेश मण्डल,खानेपानी उपभोक्तmा समितिका अध्यष जितेन्द्र मण्डल, कलैया बस पार्क प्रहरी चौकीका प्रहरी नायव निरिक्षक सुनिल सिह, बेल संस्थाका हिक्मत मास्के, ईश्वर कोईराला,रबिन पोखरेल, जेजेबाइसीका श्रीनिवास बैठा, सुरेन्द्र चौरसिया, मदन सिह ,नेपाल तरुण दलका अध्यक्ष लुकेश सिह लगायतकाले विश्व हात धुने दिवशका विविध पक्षमा चर्चा गरेका थिए ।

२ सय २५ जनालाई तौलि एक थान, पेष्ष्ट, एक थान ब्रस, एक थान काईयो, एक थान नुहाउने साबुन, दुई वटा लुगाधुने साबुन प्रदान गरेका थिए ।

त्यसैगरि बस्तपुरमा २ सय ४५ , महागढीमाई नगरपालिकाको ईनर्वामा २ सय १० जनालाई सो समाग्री प्रदान गरिएको जनजागरण युवा क्लवका उपाअध्यक्ष राजदेव साहले जानकारी दिए ।