महानगरले पोखरी,नाला तथा पानी जमेको स्थानमा औषधि छर्ने

साझेदारी दैनिक
258 पाठक संख्या

वीरगन्ज । हैजा नियन्त्रण गर्न पर्साको वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि शहरका पानी जम्न स्थानहरुमा पम्प–स्प्रे मार्फत औषधि छर्ने भएको छ ।

वीरगञ्जमा हैजा संक्रमण देखिन थालेपछि नियन्त्रणका लागि बुधबारदेखि औषधि छर्न लागेको महानगरले जनाएको छ ।महानगरपालिकाले तालिका बनाई महानगरका ३२ वटै वडामा चरणबद्ध रूपमा औषधि छर्ने कार्यक्रम तयार गरिएको महानगरको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सर्फुदिन मियाँले बताएका छन ।

महानगरपालिकाले बुधबार पहिलो दिन वडा नमबर १, २ र ३ मा स्प्रे अभियान सञ्चालन गरिने जनाईएको छ । बिहान १० बजेदेखि नै जनशक्ति परिचालन गरी नाला तथा पानी जमेको स्थानमा पम्प–स्प्रे प्रयोग गरेर औषधि छर्किने मियाँले उनले जानकारी दिए।

लामखुट्टे नियन्त्रणका लागि महानगरपालिकाले वर्षमा दुईपटक नियमित रूपमा औषधि छर्ने गरेको पनि जनाएको छ । वीरगञ्ज क्षोत्रमा अहिले लामखुट्टेको संख्या तीव्र रूपमा बढिरहेको देखिएकाले हैजाको संक्रमण बढाउने भएकाले यसपटक समयमै पहल थालिएको महानगरपालिकाले जनाएको छ ।

Leave a review