जीतपुरमा अनुगमन हुँदा ब्यावसायीहरुको भागमभाग

रञ्जन यादव
456 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा बजार अनुगमन हुँदा सट्र ब्यवसायीहरुको भागमभाग भएको छ ।

ईलाका प्रशासन कार्यालय,बाणिज्य तथा आपुर्ति कार्यालय,नापतौल कार्यालय र गुणस्तर तथा खाद्य कार्यालयको अनुगमन हुँदा ब्यवसायीहरु आ आफनो सटर बन्द गरी भागेका हुन् ।

अनुगमन टोलीले अनुगमनलाई तिब्रता दिँई रहँदा सटर ब्यवसायीहरु धमाधम सटर बन्द गरी हिड्न थालेका थिए । अनुगमन भएपछि शुक्रबार जीतपुर बजार सुनसान जस्तो भएको थियो ।

टोलीले जयसवाल मिष्ठान भण्डारको अनुगमन गरी उत्पादन मिती उल्लेख नभएको चाउमिनको प्याकेट खोलेर नष्ट गरेको छ । अबदेखि त्यस्तो प्याकेटको प्रयोग नगर्ने सर्तमा चेतावनी दिई छाडिएको ईलाका प्रशासन कार्यालय सिमराले जनाएको छ ।

अनुगमनमा खरिद तथा बिक्रि रेकर्ड नराखेको,मुल्य सुचि नराखेको,नाफा अत्याधिक राखेको,उत्पादन मिती तथा एम.आर.पि.मुल्य नलेखिएको बस्तु फेला परेको जनाईएको छ ।

अनुगमन टोलीले अनुगमनको क्रममा ५ हजार देखि २० हजार सम्म जरिवाना गरेको जनाईएको छ ।

Leave a review

This will close in 0 seconds