टिकटकर साहलाइ थप तिन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

साझेदारी दैनिक
285 पाठक संख्या

वीरगञ्ज : पर्सा प्रहरीले जिल्ला अदालत पर्साबाट टिकटकर किरण साहमाथि हिरासतमा राखि अनुसन्धान गर्न थप तीन दिन मंगलबार म्याद थप गराएको छ।

संघीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा टिकटकर साहलाई पर्सा प्रहरीले शनिबार पक्राउ गरेको थियो। साहविरुद्ध साइबर तथा विद्युतीय अपराध, सङ्घीय सांसदलाई धम्की र झुटा अफवाह फैलाएको कसुरमा साहमाथि मुद्दा दर्ता गरिएको छ ।

बाराको कलैया उपमहानगरपालिका–२६ सिस्वा महेशपुर स्थायी घर भई हाल वीरगञ्ज–१३ मुर्ली बस्दै आएकी साहलाई शनिवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

साहमाथि अनुसन्धान गर्न यसअघि पर्सा प्रहरीले जिल्ला अदालत पर्साबाट मङ्गलवारसम्मका लागि अनुमति लिएको थियो। अनुसन्धान पुरा नभएको भन्दै पर्सा प्रहरीको आग्रहमा जिल्ला अदालत पर्साले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

वीरगञ्जमा हैजा सङ्क्रमण फैलिएको भन्दै मन्त्री यादवसँग फोनमा चर्को स्वरमा कुराकानी गरेको साहकोे अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यता पूर्व मन्त्री करिमा बेगमको नेतृत्वमा अर्को समूहले साहमाथि अन्याय भएको भनेको छ। साहको रिहाइको माग गर्दै सोमबार प्रदर्शन गरेको थियो ।

साहकी आमा साबित्री साहले मन्त्रीले पदको दुरुपयोग गरेको आरोप लगाएकी छन्। छोरीको तत्काल रिहाइ नभए थप प्रदर्शन गर्ने चेतावनी दिएकी छन्।

Leave a review