सिमरा रङ्गशालाकोलागि बजेट छुट्याउँन मन्त्रीसँग माग

साझेदारी दैनिक
407 पाठक संख्या

नेपाली काग्रेसका बारा जिल्ला युवा नेता श्यामबाबु गुप्ताले संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग सिमरा रङ्गशालाको लागि बजेट छुट्याई दिन माग गरेका छन् ।

राष्ट्रिय स्तरको प्रतियोगिता हुने बाराको सिमरा स्थित सिमरा रङ्गशाला बजेटको अभावमा सोचे अनुसारको नतिजा दिन नसकिरहेको मन्त्रालयमा भेटेर युवा नेता गुप्ताले मन्त्रीलाई जानकारी गराएका हुन् ।

उनले रङ्गशालाकोलागि आवश्यक पुर्बधारको निर्माणमा ध्यान केन्द्रित गर्न अनुरोध गरे ।युवा नेता गुप्ताले सिमरा रङ्गशालाको निरिक्षण गर्नकोलागि युवा तथा खेलकुद मन्त्रीलाई अनुरोध समेत गरेका थिए । यता युवा तथा खेलकुद मन्त्री चौधरीले बजेटको अभावमा यसपालि सिमरा रङ्गशालाकोलागि बजेट छुट्याउँन नसकिएपनि अगामि समयमा बजेट छुट्याउँने आश्वासन दिनुभयो ।

मन्त्रालयमै यसपालि बजेटको अभाव भएका कारण सिमरा रङ्गशालकोलागि बजेट छुट्याउँन आफु असमर्थ रहेको युवा नेता गुप्तालाई युवा तथा खेलकुद मन्त्री चौधरीले प्रष्ट रुपमा जानकारी गराएका थिए ।

Leave a review