Sajhedari Daily
Latest News from Nepal

फेसबुक ह्याक गरी रकम ठगी गर्ने दुई जना प्रहरी फन्दामा

रञ्जन यादब /
फेसबुक ह्याक गरी विभिन्न मानिसलाई ब्लयाक मेलिङ गरेर रकम ठगी गर्ने दुुई जना बारा प्रहरीको फन्दामा परेका छन ।
जिल्ला सप्तरी सितापुर गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३१को रामदेव साह र जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २३ की मनिषा गिरी प्रहरीको फन्दामा परेका हुन ।

उनीहरुले फेसबुक एकाउन्ट ह्याक गरी रू.३०हजार रकम मेरो नाउँमा पठाउ नत्र तिम्रो अश्लिल तस्बिरहरू नेट मार्फत समाजिक संजालमा राखी दिन्छु भनी जीतपुुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर २ को एक महिलासँग रकम माग गरेको थिए ।

बिशेष सुुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ ईटहरी बजार अन्तर्गत रहेको आईएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउँ परेकाहरुलाई आपराधिक लाभ मुद्दा शीर्षकमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comments are closed.

error: Content is protected !!