कलैया । बाराको फेटा गाउँपालिकाले भोलि एकदिनको स्थानीय सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाले आज एउटा सुचना जारी गर्दै कात्तिक १९ गते बुधबार ( भोलि ) सार्वजनिक बिदा दिएको हो।
फेटा गाउँपालिका वडा नं १ त्रिवेणीमा पुर्णिमा ब्रत/कार्तिक स्नान समाप्तिको अवसरमा खैरातिमाई मेला लाग्ने भएकोले आजको निर्णयअनुसार बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले जानकारी दिएका छन् ।
उनका अनुसार मेलाको अवसरमा गाउँपालिका मातहतका सम्पुर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक स्थानमा एकदिनको बिदा दिइएको छ।

