उपभोक्ता संरक्षण कार्यालयद्वारा अनुगमन, पाँच व्यवसायीमाथि कारबाही

रञ्जन यादव
186 पाठक संख्या

जीतपुर : बाराको जितपुरमा रहेको बजारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, बीरगंजको टोलीले अनुगमनका क्रममा पाँच जना व्यवसायीमाथि कारबाही गरिएको छ ।

अनुगमन टोलीले बजारमा विक्री वितरण भइरहेको वस्तुको मूल्यसूची, खरिद–बिक्री बिल, साइनबोर्ड र प्यान–भ्याट दर्ता सम्बन्धी कागजात जाँच गरेको थियो।

अनुगमनका क्रममा केही व्यवसायीहरूले आवश्यक कागजात नदेखाएको तथा म्याद सकिएका वस्तुहरू बिक्री वितरण गरेको पाइएको हुँदा सोही आधारमा कारबाही गरिएको हो ।

यसै सन्दर्भमा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले नगरका सम्पूर्ण व्यवसायीहरूलाई साइनबोर्ड, मूल्यसूची, खरिद–बिक्री बिल र प्यान–भ्याट दर्ता प्रमाणपत्र आफनो व्यवसायिक स्थलमा अनिवार्य रूपमा राख्न आग्रह गरे ।

उनले म्याद सकिएका वस्तुहरूको बिक्री वितरण नगर्न व्यवसायीहरूलाई सल्लाह दिए । बणिज्य कार्यालयका अनुसार बजार अनुगमन दैनिक कार्य अन्तर्गत पर्ने भएकाले यसलाई छड्के रुपमा अनुगमन गरी निरन्तरता दिइरहने जनाएको छ ।

अनुगमन टोलीमा जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको प्रतिनिधि ,ईलाका प्रशासन कार्यालय सिमराका प्रतिनिधि ,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds