जीतपुरमा भोलि रक्तदान कार्यक्रम हुने

रञ्जन यादव
234 पाठक संख्या

जीतपुर : बाराको जीतपुरमा कार्तिक २९ गते शनिबार ( भोलि ) “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम हुने भएको छ।

उक्त कार्यक्रम शान्ति टोल खेल मैदानमा आयोजना हुने भएको हो। कार्यक्रमको आयोजना शान्ति युवा विकास मञ्च, जीतपुरले गर्न लागेको हो भने नेपाल रेडक्रस सोसाइटी, वीरगंज–पर्साको प्राविधिक सहयोग रहनेछ।

रक्तदान कार्यक्रमको तयारी पुरा भएको मञ्चका योगेश अधिकारीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा स्थानीय युवादेखि समाजसेवी, स्वास्थ्यकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

रक्तदानलाई मानव जीवन रक्षाको महत्वपूर्ण कार्यका रूपमा लिँदै, आयोजकले स्वेच्छिक रूपमा सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गरेका छ। कार्यक्रमको माध्यमबाट युवामा परोपकारी भावना र सामाजिक उत्तरदायित्वको सन्देश फैलाउने उद्देश्य रहेको मञ्चले जनाएको छ।

Leave a review

This will close in 0 seconds