सिकेन्द्र पासवान/
बाराको पचरौता नगरपालिका वडा नम्बर १ मा एक जना युवकमा कोरोना पोजेटिभ फेला परेका छन् ।
रोजगारीको सिलसिलामा भारतको दिल्लीबाट नेपाल आउदै गर्दा भारतिय प्रहरीले अदापुरमा रोकी कोरेन्टीनमा राखिएपछि भारतीय प्रहरीले स्याव संकलन गरेपछि उनीमा पोजेटिभ रिपोर्ट देखिएको बारा प्रहरीका प्रहरी नायव उपरीक्षक गाैतम मिश्रले साझेदारीलाई बताए ।
पचराैता नगरनगरपालिका वडा नम्बर १ पिपरपाती गाँउ निवासी बर्ष ३० का ती युवकलाई पछिल्लो समय देखि पचरौता कोरेन्टीनमा राखिएको थियो ।
बिहीबार बिहान भारतिय प्रहरीले ती युवकलाई कोरोना पुष्टि भएको र छुटै राख्नु भनेर जानकारी आएको हुदा उनलाई कलैया अस्पतालमा रहेको आइसोलेसन वार्डमा ल्याउन एमबुलेन्स पठाई सकेको प्रहरी उपरिक्ष कृष्ण पंगेनीले साझेदारीलाई जानकारी दिनुभयो ।
युवकको परिक्षण भारतमा भएको थियो । उनीसंग कलैया अस्पतालमा ३ जना पोजेटिभ र एक जना शंकास्पद गरि ४ जना बिरामीलाई राखी उपचार भईरहेको कलैया अस्पतालका डाक्टर प्रेम चौरसियाले जानकारी दिनुभयो ।