बारा उद्योग वाणिज्य संघको चार पद बाहेक बाँकी सबै पदमा सर्वसहमत, बाँकी पदको निर्वाचन मंसिर ३० गते हुने

साझेदारी दैनिक
साझेदारी दैनिक 846 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह/
बारा उद्योग वाणिज्य संघ चुनावी सरगमी बढ्ेको छ । संघको ईतिहासको पहिलो पटक अध्यक्ष सहित विभिन्न पदमा सर्वसमतिमै चिर्वाचित भएका छन ।

संघको निर्वाचन समितिले जानकारी दिएअनुसार चार पद वाहेक बाकि सबै पदमा सर्वसहमतबाट चयन भएको जनाएको छ । सर्वसहमति नभएका पदहरुमा भने यही मंसीर ३० गते निर्वाचन हुने निर्वाचन अधिकृत परमहंश केसरीले जानकारी गराएका छन।

सर्वसहमतबाट चयन हुनेमा अध्यक्षमा राजकुमार साह, उपाध्यक्ष (उद्योगतर्फ) मा दिपु प्रसाद गुप्ता, सचिव (उद्योगतर्फ) मन्तोष कुमार चौधरी, सदस्यहरू (वाणिज्यतर्फ) दिनेश प्रसाद, दिनदयाल साह तेली, रामजी प्रसाद, महेश कुमार मोदक, दिपलाल प्रसाद साह, उमरावती देवि साह, धनिलाल साह, राजकुमार सर्राफ, बिरेन्द्र साह कानु रहेका छन्।

त्यसैगरी सदस्यहरू (उद्योग) मा विनोद मनी महतो, मनोज कुमार साह, बिनोद कुमार पाल, महम्द जमिर, अरुण कुमार कलवार रहेका छन्।

त्यसैगरी सदस्यहरू ( एसोििसएटस) मा नरेन्द्रकुमार साह, सुरेश चन्द्र गुप्ता र नरेश प्रसाद जयसवाल रहेका छन्।
सर्व सहमति हन नसकेको उपाध्यक्ष (वाणिज्य) पदका लागि नवलकिशोर साह र प्रदिप कुमार साह त्यस्तैगरी महासचिव पदमा योगेन्द्र प्रसाद दास र रामअशिष साह कानु त्यसैगरी कोषाध्यक्ष पदमा सुरेश कुमार साह तेली, अजय कुमार र त्यसैगरी सचिव (वाणिज्य) पदका लागि उमेश चन्द्र गुप्ता, शिवजी प्रसाद यादव, शशिभुषण प्रसाद केशरीले उम्मेदवारी दिएका छन् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review