पर्सामा १९ वर्षदेखि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
403 पाठक संख्या

कलैया : पर्सा प्रहरीले १९ वर्षदेखि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं.२ बस्ने वर्ष ५४ को बिनोद पटेल भन्ने बिनोद प्रसाद कुर्मी रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् ।

गत २०६३ असोज ५ गते पर्सा जिल्लाको लिपनी विर्ता गा.वि.स.वडा नं.८ पटेलनगरस्थित सिर्सिया नदीको डिलमा २३ वर्षीय सुरेश भन्ने राम प्रसाद पटेलको हत्या भएको थियो। सो हत्यामा बहुदरमाई नगरपालिका वडा नं.२ घर भई परवानीपुरस्थित एक कम्पनीमा काम गर्ने ५४ वर्षीय बिनोद पटेल भन्ने बिनोदप्रसाद कुर्मीले निर्घात कुटपिट तथा कर्तव्य गरी मारेको भन्ने दावी प्रहरीको रहेको हो।

उनलाई ज्यान सम्बन्धि कसूर मुद्दामा संलग्न रही वारदात पश्वात १९ वर्षदेखि हालसम्म फरार रहेकोमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.२१ स्थित सडकखण्डबाट नियन्त्रणमा लिइ ज्यान सम्बन्धि ( कर्तव्य ज्यान ) कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको डिएसपी कार्कीले जनाएका छन्।

Leave a review