रहेनन् पत्रकार आलम

साझेदारी दैनिक
303 पाठक संख्या

कलैया :बाराको परवानीपुर गाउँपालिका लिपनी निवासी पत्रकार फैजुल्लाह आलमको शुक्रबार निधन भएको छ। उनको उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा निधन भएको हो। उनको ब्रेन हेमरेज भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो।

उनी प्रेस सेन्टर नेपाल बाराका जिल्ला सदस्य हुन । उनको निधन प्रति प्रेस सेन्टर नेपालले शोक प्रकट गरेको छ । सेन्टरका जिल्ला सचिव अखिलेश यादवले शुक्रबार एक बिज्ञप्ती जारी गरी गहिरो समबेदना व्यक्त गरेका छन्। उनको निधनले सत्य र जिम्मेवार पत्रकारिताका एक असल प्रतिनिधी गुमाएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनी पर्साबाट प्रकाशित हुने प्रतीक दैनिकमा काम गर्दै आएका थिए।

Leave a review