रौतहट : ओम प्रकाश यादव/ नेपाल पत्रकार महासंघ रौतहटका नवनिर्वाचित पदाधिकारीहरुले आईतवार शपथ ग्रहण गरेका छन् ।
पत्रकार महासंघ रौतहटको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच निर्वाचन अधिकृत विनयलाल दास कर्णले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।
गत मङसिर २८ गते सम्पन्न भएको महासंघ रौतहटको निर्वाचनमा एक जना अध्यक्ष सहित १७ जना पदाधिकारी निर्वाचित भएका थिए ।
निर्वाचित सबैजना आज पद तथा गोपनीयताको शपथ लिँदै पदभार सम्हालेका छन्। निर्वाचित पत्रकार महासंघ रौतहटको अध्यक्ष सञ्जय कुमार कार्कीले आजदेखि पदभार ग्रहण गरेका छन्।
नवनिर्वाचित अध्यक्ष कार्की सँगै निर्वाचित भएका उपाध्यक्ष डिल्ली बहादुर कार्की,महिला उपाध्यक्ष बिना राउत,सचिव गौतम श्रेष्ठ,सह–सचिवद्धय दिनेश यादव,जितेन्द्रलाल श्रीवास्तव,कोषाध्यक्ष सञ्जय कुमार सहनीले शपथ ग्रहण गर्दै आईतवारदेखि पदभार सम्हालेका छन्।
त्यस्तै केन्द्रीय परिषद् सदस्य शैलेन्द्र गुप्ता,प्रदेश परिषद् सदस्य रमेश तिमल्सिना,सदस्यहरु कृष्ण तिवारी,रुद्र बहादुर कार्की,प्रकाश श्रेष्ठ,नन्दभूषण श्रीवास्तव,राम प्रवेश बैठा,रश्मी पटेल, उमेश यादव र रामपुकार राउतले शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन्। नेपाल पत्रकार महासंघ रौतहटमा ४५ जना आवद्ध छन् ।

