कलैया : जनमत पार्टी नेपालले धोती दिवस मनाएको छ। बारा,पर्सासहित उसले बिहीबार धोती दिवस मनाएको हो।जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर कलैया नगर परिक्रमा गर्दै उक्त दिवस मनाएका हुन् ।
‘धोती हाम्रो शान हो, मधेसको पहिचान हो’, धोती–टोपी एक हौँ’ भन्ने नाराका साथ उनीहरुले कलैया नगर परिक्रमा गरेका हुन्।
जनमत पार्टी बाराका इन्चार्ज शिवनाथ पटेलको नेतृत्वमा -याली निकालिएको हो। -यालीमा संविधान सभा सदस्य प्रमोद गुप्ता,बारा क्षेत्र नम्बर ३ ख का पुर्व प्रदेश सभा सदस्य पारसप्रसाद साह,विकास सिंह लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
संयुक्त राष्ट्र संघले हरेक वर्ष प्रथम जनवरीमा संस्कृति दिवस मनाउने भनेको छ। जस अनुसार सबै देशमा जनवरी १ तारेखका दिन आ-आफ्नै संस्कृति अनुसारको पहिरन लगाएर यो दिवस मनाइएको हो।

