कलैया : नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति बाराको अध्यक्षमा पुनः बिद्यानन्द झा चयन भएका छन ।
बाराको कलैयामा बुधबार सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले अध्यक्षमा पुनः झाको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय कार्यसमिति कार्यसमिति चयन गरेको छ ।
नवगठीत समितिको उपाध्यक्षमा राम आशिष साह,सचिव रबिन्द्र राज भण्डारी,सहसचिव नवलकिशोर साह,कोषाध्यक्षमा राजु साह निर्वाचित भएका छन् ।
त्यस्तै संघको सदस्यमा सुनिल कुमार साह,रोहित प्रसाद यादव,कृष्ण प्रसाद कुशवाहा,रामेश्वर साह,अशोक कुमार कुशवाहा र शशीकान्त प्रसाद यादव पनि निर्वाचित भएका हुन् । नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम समेत बुधवार नै सम्पन्न भएको हो ।
यसै तेश्रो जिल्ला अधिवेशनको नेपाल बीउ व्यवसायी संघ बाराको तेश्रो अधिवेशनमा बोल्दै प्रमुख अतिथी नेपाल बीउ व्यसायी संघका केन्द्रीय उपाध्यक्ष छोटेलाल प्रसादले उद्घाटन गरेका थिए ।
अधिशेवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष प्रसादले बीउ बिजन देशको अर्थतन्त्रसँग जोडिएको विषय भएको बताउँदै नेपाल आफै बीउ बिजनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन ।
उनले पछिल्लो समय नेपालमा बीउ बिजन उत्पादन गर्ने क्रम बढेको बताउँदै अझै आत्मनिर्भर नबनेको र आयात गर्दा विविध समस्या झेल्नुपर्ने अवस्था रहेको बताएका छन ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रसादले स्थानीय तहमा कृषिसम्बन्धी प्रविधिकको अभावमा भएको अवस्थामा बीउबिजन र विषादी व्यवसायीहरुले कृषकको कृषि सम्बन्धी समस्या समाधानमा गर्ने कार्यमा महत्वर्पुण भुमिका खेलेको बताए ।

