बारा निर्वाचन क्षेत्र-१ मा २० जनाको उम्मेदवारी दर्ता

साझेदारी दैनिक
493 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ मा २० जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली काङ्ग्रेस , नेकपा एमाले, नेकपा, राप्रपा, रास्वापा,आजपा लगायतका २० जना उम्मेदवारहरुले मङ्गलबार निर्वाचन अधिकृतको कार्यालय कोल्हविमा मनोनयन दर्ता गराएका हुन् ।

नेकपा एमालेबाट अच्युत मैनाली, उज्यालो नेपालबाट अनवर अन्सारी,जनमत पार्टीबाट कमरुलाह अन्सारी,राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमाल,आम जनता पार्टीबाट बिजय यादव,श्रम सस्कृति पार्टीबाट भुलावन कुमार पासवान,नागरिक उन्मुक्ति पार्टी नेपालबाट भुवन प्रसाद चौधरी,जसपा नेपालबाट रामबाबु प्रसाद यादव,राप्रपाबाट लक्ष्मी प्रसाद जयसवाल,नेपाली काङ्ग्रेसबाट शम्भु बहादुर बुढाथोकि,नेपाली कम्युनिष्ट पार्टीबाट सन्तोष दङ्गाल,प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट हमिद अन्सारी र मंगोल नेशनल अर्गानाइजेशनबाट सुक दोर्जे गोले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत शम्भु कुमार बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार स्वतन्त्र उम्मेदवारमा जय किशोर पाण्डे,प्रेम कुमारी थापा खड्का,बिदुर खरेल ,रबिना देवि चौधरी ,रोशन कुमार उप्रेती,लक्ष्मीनारायण प्रसाद साह,सिमा कुमारी तिमल्सिना रेका छन् । यो क्षेत्रमा १ लाख २३ हजार ९८५ जना मतदाताहरु रहेका छ्न भने मतदान स्थल ८६ र मतदान केन्द्र १६१ रहेको निर्वाचन अधिकृत बस्नेतले जानकरी दिए ।

Leave a review

This will close in 0 seconds