चोरीको भैंसीसहित मानिस नियन्त्रणमा

साझेदारी दैनिक
331 पाठक संख्या

बारा प्रहरीले चोरीको भैंसी सहित मानिसलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ्गले शुक्रबार एक विज्ञप्ति जारी गरी यसबारे जनाएका हुन् ।

प्रहरी चौकी पथलैया बाराबाट खटिएको विशेष प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपामलका वडा नं. १ पथलैया चोकमा पूर्वबाट पश्चिमतर्पm जाँदै गरेको बा.प्र. ०३–००१ च.१४०५ नं. को पिकअपलाई रोकी चेक जााँच गर्दा उक्त गाडीको पछाडी बडिमा दुहुना भैंसी थान१ रहेको पाइएको थियो ।

सो भैंसीको बिल भपाई माग गर्दा बिल भर्पाई देखाउन नसके कोलेउक्त भैंसी,गाडी र मानिसहरुलाई नियन्त्रणमा लिएको सो विज्ञप्तिमा लेखिएको छ ।

भैंसी कस्को हो भनी प्रहरीले खोजतलास गरी अनुसन्धान गर्दा उक्त भैंसी कलैया उपमहानगरपालिका वडा नं.२४ सखुईटोल बस्ने ५२ वर्षीय रामराज चौधरीको घरगोठबाट चोरी भएको हो खुलेको हो ।

सो भैंसीलाई चौधरीको जिम्मा लगाइएको र यसबारे थप अनुसन्धान कार्यभइरहेको सो विज्ञप्तिमा जनाइएको छ ।

Leave a review