बारा-४ मा घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त श्यामबाबु गुप्ता

संदिप प्रसाद यादव
242 पाठक संख्या

कलैया : बारा जिल्लाको क्षेत्र नं. ४ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्यामबाबु गुप्ताको चुनावी घरदैलो कार्यक्रम तीब्र बनाएका छन ।

कार्यक्रम अन्तर्गत छतवा, कैलानपुर, निमुवा, घोडासह र खेखारिया टोलका स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी उहाँले पार्टीको रुख चिन्हमा मतदान गर्न अपील गरेका छन ।

गुप्ताले लोकतन्त्रलाई सुदृढ बनाउँदै क्षेत्रको विकास र समृद्धिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका हुन । “रुख चिन्हमा मतदान गरी लोकतन्त्र र विकासलाई बलियो बनाऔँ। जय नेपाल“ भन्दै उम्मेदवार गुप्ताले मतदाताहरूलाई आह्वान गरेका छन ।

नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ को यो अभियानले स्थानीय स्तरमा पार्टीको सक्रियता बढाएको छ। गुप्ता युवा तथा समाजसेवी नेता हुन, जसले तरुण दलदेखि नेपाली कांग्रेसको मूल राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

Leave a review