कलैया,२१ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारामा मतदान सुरु भएको छ । जिल्लाका ३०५ मतदानस्थल र ५८७ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
निर्वाचन क्षेत्र नम्बर १ मा ८६ मतदानस्थल र १६१ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा ८२ मतदानस्थल र १४५ मतदान केन्द्र कायम छन् । त्यसैगरी क्षेत्र नम्बर ३ मा ७६ मतदान स्थल र १४४ मतदान केन्द्र र क्षेत्र नम्बर ४ मा ६१ मतदान स्थल र १३७ मतदान केन्द्र कायम छन् ।
बारा जिल्लामा ४ लाख ६५ हजार ७ सय ८४ मतदाता कायम भएका जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीले जानकारी दिएका छन् । उनका अनुसार पुरुष मतदाताको सङ्ख्या २ लाख ५५ हजार ७ सय ६३ र महिलाको सङ्ख्या २ लाख १० हजार ९ जना कायम छ ।

