बारामा १० बजेसम्म २५% मत खस्यो

साझेदारी डेलि
188 पाठक संख्या

कलैया । बारामा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराका सुचना अधिकारी राजकुमार दाहालका अनुसार बिहान १० बजेसम्ममा जिल्लाभर करिब २५ प्रतिशत मतदान भइसकेको छ।

जिल्लामा रहेका ३०५ मतदान स्थल र ५८७ मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको लाइन लागेको जिल्ला स्थित विभिन्न मतदान स्थलमा पुगेका हाम्रा सम्बादाताले जानकारी दिएका छन्। मतदान प्रक्रिया अत्यन्तै शान्तिपूर्ण साथ अगाडि बढिरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा ८६ मतदान स्थल र १६१ मतदान केन्द्र रहेका छन् भने क्षेत्र नम्बर २ मा ८२ मतदान स्थल र १४५ मतदान केन्द्रहरू रहेका छन्। त्यसैगरी, क्षेत्र नम्बर ३ मा ७६ मतदान स्थल र १४४ मतदान केन्द्र तथा क्षेत्र नम्बर ४ मा ६१ मतदान स्थल र १३७ मतदान केन्द्रहरूमा मतदान जारी रहेको छ। कुल ४ लाख ६५ हजार ७ सय ८४ मतदाता रहेको यस जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ र दिउँसोसम्म मतदानको प्रतिशत अझ बढ्ने अनुमान गरिएको छ।

Leave a review