करिब बीस करोड रकमसहित एकजना पक्राउ

रासस
461 पाठक संख्या

काठमाडौँ : प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ,अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताउनुभयो ।

Leave a review