कोल्हवी : बिनीता चौधरी/ समृद्ध नेपाल क्लब कोल्हवी नगरपालिका– ३ जुअवाको आयोजनामा प्रथम समृद्ध कप खुल्ला नकाउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार बारा ११ र त्रिशुल क्लब बकुलियाको बिरुद्ध खेल सम्पन्न भएको थियो ।
जसमा त्रिशुल क्लब बकुलिया ० को बिरुद्ध १ गोलले बिजयी भएको छ ।
प्रतियोगिता अन्तरगत मंगलबार पहिलो चरणको खेल भक्तपुर एफ सी क्लब भक्तपुर र त्रिशूल युवा क्लब बकुलिया र दोस्रो चरणको खेल आयोजक ए र भोडहा क्लब भोड़हाको बिरुद्ध प्रतिस्पर्धा हुने आयोजक क्लबका संरक्षक प्रेमनारायण चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिजेता टिमले नगद रु पैतीस हजार,शिल्ड मेडल र प्रमाणपत्र र उपबिजेता टिमले नगद रु बीस हजार,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ क्ष्
प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक कोल्हबी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय रहेको छ भने सहजकर्ता शान्ति बृद्धा फाउन्डेसन कोल्हबी रहेको छ ।
प्रथम पुरस्कार क्रियटिभ वर्ड प्रालि कोल्हबी र दोस्रो पुरस्कार ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लि कोल्हबीले उपलब्ध गराएको छ । यस प्रतियोगितालाई सफल पार्न बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुले सहयोग गरी रहेका छन ।
प्रतियोगिताको फाइनल खेल कार्तिक २० गते हुनेछ ।

