राष्ट्रिय वाणिज्य बैकका ६ जनाको स्वाब संकलन

साझेदारी दैनिक
साझेदारी दैनिक 380 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राष्ट्रिय वाणिज्य बैक शाखा कलैयाका आज ६ जना कर्मचारीकोे स्वाब संकलन गरिएको छ ।

लकडाउनमा बैक संचालन गरी सेवा प्रवह गर्न खटिएका कर्मचारीहरुको स्वाब संकलन गरिएको हो । उनीहरुको स्वाब संकलन गरि नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा पठाईएको छ ।

कोरोना भाईरसको जोखिममा बैकमा खटिएका कर्मचारीहरुको पिसिआर विधि मार्फत कोरोना भाईरस परिक्षणको लागि स्वाब संकलन गरिएको राबा बैकका कलैया शाखाका प्रवन्धक विवेक श्रीवास्तवले साझेदारीलाई बताए ।

बैकमा वढी भिडका कारण कर्मचारी जनसम्र्पकमा आएर कर्मचारीहरु कोरोना संक्रमणको अंशाका देखिएको कारण आज उनीहरुको पिसिआर विधि मार्फत कोरोना भाईरस परिक्षणको लागि स्वाब संकलन गरिएको बैकका कलैया शाखाका प्रवन्धक श्रीवास्तवले बताए ।

समाचार शेयर गर्नुहोस
Leave a review