धनुषामा प्रहरी निरीक्षक ओमप्रकाश यादव असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

साझेदारी दैनिक
480 पाठक संख्या

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख एवम् प्रहरी उपरीक्षक नरहरी रेग्मीले प्रहरी निरीक्षक ओमप्रकाश यादवलाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरेका छन्।

धनुषाका एसपी रेग्मीले आज इलाका प्रहरी कार्यालय यदुकुहामा कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक यादवलाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरेका हुन्।

प्रहरी निरीक्षक यादवले बिभिन्न मुद्दाका फरार प्रतिवादीहरु मध्ये हालसम्म १४ जनालाई पक्राउ गरेको उनको उत्कृष्ट कार्यमा उल्लेख रहेको छ।

बिभिन्न मितिमा श्रोत नखुलेको भारतीय एक लाख ४७ हजार र नेपाली आठ लाख ५० हजार रकम सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरी हुण्डी सम्बन्धी कसुर मुद्दा चलाएको प्रनि यादवको उत्कृष्ट कार्य विवरणमा उल्लेख छ।

बिभिन्न मितिमा अनलाईन ठगी घटनामा संलग्न मानिसहरुलाई खोजतलास गरी पक्राउ गर्न सफल भई पिडित पक्षको ठगीएको रकम फिर्ता गर्नमा अहम भूमिका निर्वाह गरेको उनको कार्य विवरणमा जनाइएको छ।

धनुषा बिदेह नगरपालिका वडा नं.०५ मुरिवाटोल बस्ने रामरत्न ठाकुरको पत्नी रामपरी देवी बरही ठाकुरलाई घाँटी रेटी हत्यामा संलग्न व्यक्ति जिल्ला धनुषा विदेह नगरपालिका वडा नं.०५ मुरिवाटोल बस्ने अन्दाजी ५०/५२ वर्षीय संगम पासवानलाई पक्राउ गर्न अहम भूमिका यादवले निर्वाह गरेको जनाइएको छ।

जेनजी युवा समूहको आन्दोलनको क्रममा मुख्यमन्त्री कार्यालयको निवास र सोहि निवास भित्र रहेका मुख्य मन्त्रीज्यूलाई जोगाई तथा विभिन्न सरकारी भवनहरूमा आगजनी लुटपाट हुन गर्न नदिई लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानून बमोजिमको कारवाहीमा अहम भूमिका यादवले निर्वाह गरेको जनाइएको छ। जेनजी आन्दोलनमा विभिन्न कारागारहरूबाट फरार भएका कैदिहरूलाई पक्राउ गर्न सफल भएको जनाइएको छ।

असोज १४ गते जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. २० रुपैठामा गणेश मूर्ति सेलाउन र असोज १७ गते दुर्गा मूर्ति सेलाउने क्रममा हिन्दु समुदाय र मुस्लिम समुदाय बिच भएको बादविवाद भई झै झगडा हुँदा उक्त स्थानमा खटि गई घरहरूमा आजगनी, तोडफोड र अराजक गतिविधिमा संलग्न ३० जना मानिसहरूलाई समेत नियन्त्रणमा लिई थप अन्य कुनै अप्रिय घटना हुन नदिई उक्त भिडहरूलाई सम्झाई बुझाई गरी तितर बितर पार्नको लागि प्रनि यादवले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको उत्कृष्ट कार्यमा रहेको छ।

प्रहरी निरीक्षकले आफुले पाएको जिम्मेवारी उच्च व्यवसायिक कुशलताका साथ निर्वाह गरी प्रहरी संगठनको छबिलाई नै उच्च राख्न उल्लेखनीय भूमिका निर्वाह गरेको हुँदा निजले गरेको उत्कृष्ट कार्यले गर्दा आम जनमानसमा प्रहरी प्रतिको सकारात्मक सोच तथा विश्वसनीयतामा अभिबृद्धि गरेको जनाइएको छ।

उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक यादवलाई नगद एक हजार पाँच सय रुपैयाँसहित २०८२ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ।

Leave a review

This will close in 0 seconds