छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

रासस
45 पाठक संख्या

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ ।

नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।

आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ इलाकाबाट छ देशका ४५ विदेशीसहित उनीहरुलाई उद्धार गरिएको हो ।

Leave a review