जीतपुरसिमरा-१७ को कांग्रेस वडा सभापतिमा मोक्तान निर्विरोध

साझेदारी डेलि
13 पाठक संख्या

डुमरवाना । नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका–१७ नम्बर वडा समितिको सभापतिमा रमेशबहादुर मोक्तान निर्विरोध निर्वाचित भएका छन्। रघुनाथपुरमा आइतबार सम्पन्न वडा अधिवेशनले मोक्तानको नेतृत्वमा नयाँ वडा समिति चयन गरेको हो।

अधिवेशनबाट पुरुष उपसभापतिमा अस्नु चौधरी र महिला उपसभापतिमा सुन्दरी लामा चयन भएका छन्। सचिवमा कल्पना विमली तथा सहसचिवमा झविन्द्र घिमिरे निर्वाचित भएका छन्। वडा सदस्यमा महिलातर्फ चम्पादेवी चौधरी र मिना विमली, दलिततर्फ दुर्गादेवी माझी, युवातर्फ रामध्यान चौधरी र प्रमोद पटेल तथा खुलातर्फ दिलबहादुर घलान र रामपुकार चौधरी चयन भएका छन्।

अधिवेशनले कांग्रेसको विधानअनुसार विभिन्न समूहबाट १८ जना क्षेत्रीय प्रतिनिधिसमेत छनोट गरेको छ। महिलातर्फ समिष्ठा दाहाल, अनिलादेवी चौधरी र विमला नेपाल तथा खुलातर्फ रामनारायण चौधरी, राजिन्द्र चौधरी, जगदीश महतो, शितलाल तामाङ र नवराजबहादुर खड्का क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।

त्यसैगरी पेशागत क्षेत्रीय प्रतिनिधिमा शम्भु रिमाल र ३५ वर्षमुनिका युवा महिलातर्फ चम्पादेवी चौधरी चयन भएका छन्। खुलातर्फ आईतेसिंह वाइवा र रामअयोध्या चौधरी तथा समानुपातिकतर्फ हिरालाल प्रसाद यादव, विजुली साह तेली, सञ्चराम थिङ, लालबाबु सहनी, कमलराज थिङ र नारायणराज मैनाली क्षेत्रीय प्रतिनिधि बनेका छन्। प्रतिनिधि चयनसम्बन्धी जानकारी नवराजबहादुर खड्काले दिएका हुन्।

नेपाली कांग्रेसको केन्द्रीय निर्णयअनुसार १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत असोज ३ र ४ गतेदेखि देशभर वडा अधिवेशन सुरु भएको हो। सोही क्रममा जीतपुरसिमरा–१७ मा पनि वडा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको हो।

Leave a review