Sajhedari Daily
Latest News from Nepal

संसद पुुर्नस्थापना नभए तोकिएको समयमा चुुनाव नहुुने ः अध्यक्ष प्रचण्ड

रञ्जन यादब/ जीतपुर
नेकपा अध्यक्ष तथा पुुर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले संसद पुुर्नस्थापना नभए तोकिएको समयमा चुुनाव पनि नहुुने बताएका छन ।
बाराको सिमरामा कार्यकर्ता भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले संसद पुुर्नस्थापना नहुुने अवस्था आए सरकारले निर्वाचनको मिती तोकेको समयमा चुुनाव हुुनै नसक्ने ठोकुुवा गरेका छन । उनले ६४ प्रतिशतको जनमत आफुुहरुसँग भएकाले जनता र पाटी दुुबैमा आफुुहरु अब्बल रहेकाले चुुनाव हुुनेमा आफुुहरुलाई थोरै पनि बिश्वास नभएको बताए ।
प्रचण्डले संसद पुुर्नस्थापना नभए देश भयाङ्कर अन्धकारमा जाने अड्कलबाजी गरेका छन । संसद पुुर्नस्थापना हुुनेबित्तिकै प्रधानमन्त्री ओली समुुहमा रहेका ९० प्रतिशत सासंदहरु आफुुहरुको पक्षमा आउँने प्रचण्डको दावी छ । निर्वाचन आयोग नेकपाको दुुबै समुुहको ठुुलो चेपुुवामा परेकाले आधिकारीक नेकपाको बिषयमा यथार्थ निर्णय गर्न नसकिरहेको धारणा राकेका छन । अहिले देशमा प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेबी भण्डारीको गुुण्डा गर्दी चलिरहेको आरोप समेत प्रचण्डले लगाएका छन ।
नेकपाको जीतपुुरसिमरा नगर कमिटी अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा भएको कार्यक्रममा पुुर्बखेलकुुद मन्त्री पुुरुषोत्तम पौडेल, नेकपाकाको केन्द्रिय सदस्य दिनेश राई, बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, जिल्ला सचिव तथा प्रदेश सभा सदस्य सुुन्दर बिश्वकर्मा, प्रदेश सभा सदस्य सिता गुुरुङ, जिल्ला सदस्य शोभा कार्की,मनोज पौडेल लगायतको सहभागिता रहेको थियो ।

Comments are closed.

error: Content is protected !!