सामाजिक कुरिति विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
1.4k पाठक संख्या

रबिन्द्र प्रसाद साह /
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० मा रहेको नेरामा विद्यालय मटिअर्वा हाईस्कुलको प्रांगणमा सामाजिक कुरिति विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

दाइजो एवम सामाजिक कुरिति विरुद्ध जागरण मंच,जन जागरण समाजिक संस्थाको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र मटिअर्वाको सहकार्य शुक्रवार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

सामाजिक अभियन्ता बृजेशवर प्रसाद चौघरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य शिक्षक सूरज पंडितले गरेका थिए। कार्यक्रमकोे संचालन सदस्य कन्हैया पटेलको रहेको थियो ।

सो कार्यक्रममा प्रध्यानाध्यापक रामबाबु कुशवाहा, अध्यक्ष जितेन्द्र पासवान, शिक्षिका गिता देवी कुशवाहा, वडा सदस्य समसूल हक देवान, सामाजिक अभियन्ता प्रकाश थारु, मटिअर्वा प्रहरी चौकीका सइ टिकाराम बराल, शिवम मेहता, सचिन मेहता लगायत, थुप्रै छात्र छात्राहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागि विद्यार्थीहरुले सामाजिक कुरिति विरुद्ध अभियानमा सवैले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a review