Sajhedari Daily
Latest News from Nepal

नेपाल पत्रकार महासंघ बाराको अध्यक्षमा तिवारी निर्वाचित

नेपाल पत्रकार महासंघ बारा शाखाको अध्यक्ष पदमा रेशम तिवारी विजयी भएका छन ।

कलैया स्थित महासंघको कार्यालयमा मतदान कार्यक्रमको विहिवार सम्पन्न मतगणनाको परिणामले तिवारी निर्वाचित भएका हुन । नेपाल प्रेस युनियनका तर्फबाट उम्मेदवारी दिएका तिवारीले ६३ मत ल्याएर विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्दी प्रेस चौतारी तथा प्रेस संगठन गठबन्धनका गोकुल घोरसाईनेले ५७ मत ल्याएका थिए ।
यसैगरी शाखाको उपाध्यक्षमा प्रेस चौतारी तथा प्रेस संगठन गठबन्धनका रामबावु मेहता विजयी भएका छन ।

मेहताले ५६ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्धन्दी प्रेस यूनियनका निवेश कुमार तिमल्सिनाले ५४ मत ल्याएका थिए । यस्तै महिला उपाध्यक्षतमा लक्ष्मि पाण्डे ६८ मत ल्याएर विजयी भएकी छिन । उनका निकटतम प्रतिद्धन्दी प्रियन्का दासले ४२ मत ल्याएकी थिईन ।

महासंघ शाखाको सचिवमा अनिल गौरबले ५६ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी अजयकुमार साहले ५४ मत ल्याएका थिए । सहसचिवमा रन्जन यादव, समावेशी सहसचिवमा दुश्यान्त चौधरी विजयी भएका छन ।
महासंघ शाखाको खुला सदस्यमा प्रदिप गौतम, ईन्दीप कोईराला, नरेश गुप्ता, अनिल पाण्डे, रन्जना खतिवडा विजयी भएका छन । अन्य समावेशी सदस्यमा फैजुला आलम, महिला सदस्यमा तुलसा घिमीरे जिवयी भएका छन ।

यस्तै केन्द्रीय परिषद सदस्यमा गम्भिरा सहनी, प्रकाश लम्साल, दिवाकर भण्डारी र हरिदेव खरेल विजयी भएका छन । यस्तै प्रदेश परिषद सदस्यमा शेखर चौधरी, पुष्पराज खतिवडा,मनोज साह, विदुर खड्का, प्रभात तिमल्सिना, जिउत यादव, सवदर अंसारी, श्रीराम रेग्मी र सिकिन्दर साह विजयी भएको प्रमुख निर्वाचन अधिकृत रुद्र धितालले जानकारी गराएका छन । अध्यक्ष तिवारी वाहेक अन्य सवै पदमा प्रेस चौतारी तथा प्रेस संगठन गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन ।

Comments are closed.

error: Content is protected !!