Sajhedari Daily
Latest News from Nepal

नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान

बाराको परवानीपुरमा जनता समाजबादी पार्टी नेपाल(जसपा)द्वारा आईतवार शुभकामाना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली नयाँबर्ष २०७८ सालको उपलक्ष्यमा जसपा परवानीपुर गाउँ कमिटीले उक्त शुभकामाना प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का संघीय सांसद एकबाल मिया, केन्द्रीय सदस्य पिंकी यादव, जिल्ला अध्यक्ष अजय पटेल, परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण साह, प्रसौनी गाउँपालिका प्रमुख भोला प्रसाद गुप्त, बारा क्षेत्र नं ४ को ( क) र (ख) का पार्टीका अध्यक्ष घनश्याम गिरी, मदन गुप्ता, कलैया उपमहानगरपालिकाका मेयर पदका प्रत्यासी जयप्रकाश साह, प्रसौनी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष आनन्द गुप्ता, यूवा नेताहरु साबिर आलम, सर्फुल्लाह अंसारी लगायत जनता समाजबादी पार्टी नेपालको स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।