कोहबरवामाई मन्दिरमा एकदिने मेला सम्पन्न

राजेश कुशवाहा
227 पाठक संख्या

कलैया : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ मथुरापुर स्थित कोहबरवामाई मन्दिरमा सोमबार एक दिने मेला लागेको छ ।

उक्त मेलालाई ईनर्वासिरा, कञ्चनपुर, श्रीपुर, सुराही, उतरझिटकैया, दोहरी , मझौलिया, औधापुर, सखुई, मनहर्वा, बडहर्वा, ब्रहम्पुरी , बनजरिया, सुराही, बेलहिया, प्रस्टोका, कलैया लगायतका स्थानका दर्शकहरुले अवलोकन गरेका छन ।

उक्त मेला बिगत तीन पुस्तादेखि लाग्दै आएको मथुरापुरका महेन्द्र प्रसाद यादवले जानकारी दिएका छन । उतm मेलामा भाकल पुरा भएका भक्तजनहरुले बोका, कुखुरा लगायतको बलि समेत दिएका छन ।

मेलामा आउने दर्शकहरुको मनोरञ्जनका लागि बिभिन्न खेल तमाशाको आयोजना गरिएको मेला आयोजक समितिले जनाएको छ । मेलामा आयोजना गरिएको ठोक्कर बाजी नाचमा दर्शकहरु रमाएका थिए । उक्त मेलामा स्थानीय परिकार भुजापकौडा, तथा मासु र रक्सीको अत्याधिक बिक्री भएको थियो ।

Leave a review

This will close in 0 seconds