Sajhedari Daily
Latest News from Nepal

महासंघमा निर्वाचित पत्रकारहरू सम्मानित

नेपाल पत्रकार महासंघको गत चैत्र २५ गते सम्पन्न निर्वाचनमा निर्वाचित भएका जीतपुुरका पत्रकारहरू आईतवार सम्मानित भएका छन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका पत्रकारहरूलाई जीतपुर निवासी समाजसेवी अफताब आलमले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका हुन ।

समाजसेवी आलमले जीतपुरमा रहेको होटेल ड्रिमस् ताजमा एक कार्यक्रमको आयोजना गरेर महासंघको चिर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा विजयी भएका जीतपुरका ५ जना पत्रकारलाई सम्मान सहित स्वागत गरिएको हो ।

सो अवसरमा बारा पत्रकार महासंघको सह–सचिवमा निर्वाचित रञ्जन यादव, जिल्लाकै कोषाध्यक्ष पदमा निर्वाचित श्याम गुप्ता, केन्द्रीय परिषद सदस्यमा निर्वाचित गम्भिरा सहनी र प्रदेश नम्बर २ को प्रदेश परिषदमा निर्वाचित मनोज कुमार साहलाई जीतपुरमा सम्मान सहित स्वागत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलमले निर्वाचित पत्रकार सहित जीतपुरबाट कार्यरत सम्पुर्ण पत्रकारहरूलाई विगतका दिनमा जस्तै निष्ठावान रूपमा पत्रकारिता गरिरहन अनुरोध गरेका छन ।

कार्यक्रममा प्रदेश नम्बर २ को प्रदेश सदस्यका उमेद्ववार अनिल तिवारी, संचारकर्मी रोशन गुप्ता, विशाल सर्राफ र होटेल ड्रिमस् ताजका संचालक विनोद गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन एसएस पटेलले गर्नुभएको थियो ।

Comments are closed.