Sajhedari Daily
Latest News from Nepal

परिवार नियोजनको अस्थायी साधन सम्बन्धी स्याटेलाईट क्लिनीक जीतपुुरमा

रञ्जन यादव /
लामो अवधिको परिवार नियोजनको अस्थायी साधन सम्बन्धी एक दिने स्याटेलाईट क्लिनीक जीतपुुरमा सञ्चालन भएको छ ।
जीतपुुर स्वास्थ्य चौँकीमा सञ्चालन भएको परिवार नियोजनको अस्थाई साधन सम्बन्धी क्लिनीकमा १६ जना महिलाहरुले अस्थायी साधनको प्रयोग गरेको जीतपुुर स्वास्थ्य चौँकीले जनाएको छ ।

जीतपुुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य प्रबद्र्धन शाखाको आयोजनामा भएको उक्त स्याटेलाईट क्लिनीकमा लामो अवधिको परिवार नियोजनका साधनहरु ईम्प्लान्ट र कपटीको प्रयोग गरिएको सिनियर अहेब अधिकृत रंजिता साहले जानकारी दिईन । उनले महिलाईहरु परिवार नियोजनको अस्थायी साधन लगाउँनुुभन्दा अगाडी साधनको बारेमा पूर्वजानकारी दिने गरेको बताईन ।

सो अवसरमा सेवाग्राही महिलाहरुलाई निशुुल्क औषधी समेत बितरण गरिएको थियो । ईम्प्लान्ट महिलाको पाखुुराको छालामुुनी तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट राख्न र झिक्न सकिने परिवार नियोजनको अस्थायी साधन हो । ईम्प्लान्ट महिलाको पाखुुरामा एकपटक लगाएपछि पाँच बर्षसम्म काम गर्छ ।

सन्तानको रहर भएमा झिकेपछि गर्भधारण गर्न सकिने स्वास्थ्य प्रबद्र्धन शाखाका सिनियर अहेब अधिकृत साहले जानकारी दिएका छन । यसभन्दा अगाडि स्वास्थ्य प्रबद्र्धन शाखाले डुुमरबानाको शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा सञ्चालन गरेको स्याटेलाईट क्लिनीकमा २३ जना महिलाहरुले लामो अवधिको परिवार नियोजनको अस्थायी साधनको प्रयोग गरेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।