Sajhedari Daily
Latest News from Nepal

जिल्लामा छैन कडाइ, हेल्थ डेस्क छ,ब्यवस्थापन फितलो

युनिक यादव /
नेपालमा दोस्रो चरणको कोरोना संक्रमण बढ्दो क्रममा छ । संक्रमण फैलन नदिन हरेक दिन स्वास्थ्य मन्त्रालयले अपिल गर्दै छ । तर प्रदेश २ को बारामा प्रशासनको सक्रियता देखिएको छैन । जिल्ला प्रशासन कार्यालय बाराको प्रमुखको संयोजकमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति छ ।

तर उक्त समिमिको निर्णय प्रभावकारी देखिएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख रामनरेश यादवका अनुसार जिल्लामा शुन्य रहेको सन्क्रमितको संख्या चैत ६ गते यता ३२ जना पुगेका छन् । यसमा सन्क्रमित अधिकांस भारतबाट आएका छन् ।

३२ जना सन्क्रमित मध्ये ६ जना अस्पताल, १९ जना होम आइसोलेसनमा छन भने ६ जना डिस्चार्ज भएर घर फर्कीसकेका छन् । यस्तै चैत ३१ गते नारायणी अस्पतालमा उपचारको क्रममा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

संक्रमित शुन्य ले ३२ वटा पुगेकोमा यसले नाकामा एन्टिजेन परिक्षण प्रभावकारी नभएको बुझिन्छ । बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसंग बुझ्दा उनले भने, “जिल्ला को दुई वटा नाका कलैया उपमहानगरपालिकामा रहेको मटिअर्वा नाका र सिम्रौनगढ नाकामा हामीले हेल्थ डेस्क राखेका छौ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पिसिआर मेसिन सन्चालनको लागि हामीले प्रदेश सरकारसंग जनशक्ति माग गरेका छौ । प्रदेश सरकारले जनशक्ति उपलब्ध गरायो भने हामी चाडै नै संचालन गर्ने बताएका छन ।

गत चैत १० गते जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले सक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टिन,आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्थय केन्द्रहरुवाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्न र बाराको सिमानाकावाट आउने यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरी अनिवार्य रुपमा अभिलेख राख्ने र नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने निर्णय गरे पनि करिब एक महिना हुन लाग्दा निर्णय को प्रभावकारी कार्यन्वन भएको छैन ।

Comments are closed.