कलैया अस्पताललाई कोभिड अस्पताल नबनाउन बारा नागरिक समाजको माँग

साझेदारी दैनिक
साझेदारी दैनिक 426 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान /
कलैया अस्पताललाई कोभिड अस्पताल नबनाउन बारा नागरिक समाजले विज्ञप्ती मार्फत माँग गरेको छन् ।

समाजका अध्यक्ष उमेशलाल दासले विहिवार विज्ञप्तीमार्फत छिमेकी जिल्ला पर्सा सहित नेपालभरी संक्रमितको संख्या दिनानुदिन बढनु बाराका नागरिकहरुमा भय, डर र चिन्ता थपिनु अस्वाभाविक नभएको जनाईएको छ ।

जिल्लाको १६ वटा स्थानीय तहहरुको नागरिकको सहराको रुपमा रहेको कलैया अस्पतालमा संघ सरकार तथा प्रदेश सरकारले कोभिड १९ अस्पताल बनाउनु गरेको निर्णयलाई मुर्तरुप दिनका लागि कलैया अस्पताल र बारा नर्सिङ अस्पतालबीच स्वास्थ्यका अन्य सेवा संचालन गर्ने सहमति भएको हुदा नागरिकमा ठुलो चिन्ता थपिनु जायज रहेको हामीलाई महसुस भएको नागरिक समाजका अध्यक्ष दासले साझेदारीसंग भने ।

जिल्लाका असहाय,गरिब,अति बिपन्नहरुको सहराका रुपमा रहेको कलैया अस्पतालमा कोभिड अस्पतालको काम थालनी हुदा दिनहु जसो आउने सयौ भन्दा बढी बिरामीहरुको उपचारमा पर्न जाने समस्या प्रति बारा नागरिक समाज निकै चिन्चित बनेको अध्यक्ष दासले साझेदारी बताए ।

नागरिकलाई कलैया अस्पतालबाट छिटो छरितो स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारलाई हनन गर्न कोई कसैमा छुट नरहेको हुदा यहाँको नागरिकको भवना बुझी शहरको बिचमा रहेको कलैया अस्पताललाई कोभिड अस्पताल नबनाई शहरबाट टाढा बिकल्पको रुपमा गंगापुर वा नारायणी सिचाईको भवनमा सार्न सुझाव समेत बिज्ञप्ती मार्फत अध्यक्ष दासले ब्यतm गरेका छन् ।

कलैया अस्पताल,बिकास समिति र प्रहरी प्रशासनलाई आ आफनै खालका बाध्यता भएपनि नागरिक माथि पर्नजाने नाकारात्मक प्रभावसंगै तिनीहरुको भावना बुझेर अगाडी बढ्न सुझाव दिएका हुन ।

नागरिक समाजले कलैया अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णयलाई सच्याउनका लागि संघिय, प्रदेश २ सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश २ को समाजिक बिकास मन्त्रालयलाई बिज्ञप्ती मार्फत आग्रह गरिएको हो ।

कलैया अस्पताललाई कोभिड अस्पताल संचालन नगर्नका लागि दवाव सृजना गर्न राजनीतिक दल, समाजिक संघसंस्था, स्वास्थ्यकर्मी, बकिल, पत्रकार,युवा बिद्यार्थी लगायत आम जिल्लाबासीलाई नागरिक समाज बाराले अनुरोध गरेको छ ।

सरकारद्धारा जारी गरेको लकडाउनको पालना तथा स्थानीय प्रशासनले लगाएको निषेधज्ञा समेतलाई स्थानीय प्रहरी प्रशासनले पालना गराउनका लागि निर्वाह गरिरहेको भुमिका सराहनिय रहेको हुदा निषेधज्ञा र लकडाउनको पालना सबै नागरिकलाई गर्न बारा नागरिक समाजले बिज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

दुखको घडीमा आफनो ज्यानलाई दाउमा राखेर आम नागरिकको जीवन रक्षाका लागि पहिलो पंतिmमा रहेर सेवा, उपचार गर्ने स्वास्थ्यकर्मी, दोस्रो पंतिmमा रहेर काम गर्ने सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र तेस्रो पंतिmमा रही जनतालाई सुसुचित गर्ने संचारकर्मीहरु पनि नगरिक समाजले बिज्ञप्ती मार्फत धन्यवाद दिएको छ।

समाचार शेयर गर्नुहोस
Leave a review