वीरगञ्जमा विभिन्न अस्पतालमा उपचाररत थप ३ कोरोना संक्रमितहरुको मृत्यु

साझेदारी दैनिक
504 पाठक संख्या

राम मण्डल /

वीरगञ्जको विभिन्न अस्पतालमा उपचार गराई रहेका शुक्रबार र शनिबार थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–८ निवासी ७० वर्षीया वृद्धाको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी गराएका छन।

संक्रमित वृद्धाको शनिबार मध्याह्न १२ बजे उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको डा. दासले बताए । उनको गत बिहीबार उपचारको लागि अस्पतालमा भर्ना भएकी थिइन् ।

यसैगरी वीरगञ्जको अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । वीरगञ्जको नेसनल मेडिकल कलेज सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा एक जना र नारायणी बयोधा अस्पतालमा एक गरी दुई जनाको उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको हो ।

वीरगन्ज महानगरपालिका–९ निवासी ७४ वर्षकी महिलाको साँझ साढे ५ बजे नेसनल मेडिकल कलेजले सञ्चालन गरेको कोभिड अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।

यस्तै वीरगञ्जको नारायणी बयोधा अस्पतालमा उपचाररत बाराकी एक कोरोना संक्रमितको शुक्रबार साँझ सवा ६ बजे मृत्यु भएको छ । अस्पतालमा उपचाररत बाराको आदर्शकोतवाल गाउँपालिका २ बस्ने ७० वर्षकी महिलाको मृत्यु भएको हो।
वैशाख ११ गते श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई उपचारका लागि वीरगञ्जको नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियोे ।

उनमा १६ वैशाखमा पीसीआर परीक्षण गर्दा कोरोना देखिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । संक्रमित महिलाको उपचारका क्रममा शुक्रबार साँझ अस्पतालमै मृत्यु भएको मिश्रले बताए ।

Leave a review

This will close in 0 seconds