प्रथम विकल रेग्मी जुनियर प्रतियोगिता वडा नम्बर ४ फाईनलमा प्रवेश

साझेदारी दैनिक
338 पाठक संख्या

निजगढ : उमेश घलान/ बाराको निजगढमा जारी प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगितामा अन्तरगतको शनिवार भएको खेलमा वडा नम्बर ४ फाईनलमा प्रवेश गरेको छ ।

वडा नम्बर ४ ले वडा नम्बर १ लाई शुन्यका विरुद्ध दुई गोल गर्दै फाईनलको यात्रा तय गरेको हो । वडा नम्बर ४ का लागि जर्सी नम्बर ७ का खेलाडी समीर कुमरले पहिलो हाफको को अतिरिक्त समयमा गोल गर्दै आफ्नो टीमलललाई अग्रता दिलाउन सफल भएका थिए ।

त्यस्तै गरि दोश्रो हाफको सुरुवाती समयमै वडा नम्बर ४ कै खेलाडी कुमरले न पुनः एक गोल गर्दै दोब्बर बनाउन सफल भए । यता गोल फर्काउन निकै प्रतिस्पर्दा गरिरहेको वडा नम्बर १ ले एक गोल गर्दै गोल अन्तर घटाए ।

खेलको दोस्रो हाफको समयमा नै वडा नम्बर १ खेलाडी जर्सी नम्बर १६ का प्रकाश मोक्तानले १ गोल फर्काएका थिए । तर अर्को गोल गर्न नसक्दा वडा नम्बर १ ले हार व्यहोर्नु परेको थियो ।

शनिवारको खेलमा म्यान अफ दि म्याच वडा नम्बर ४ का खेलाडी समीर कुमर घोषित भए । उत्कृष्ट खेलाडी कुमरलाई वडा नम्बर ४ का वडा सदस्य सगर गौतम,समाजसेवी बेनी मोक्तान र स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले १ हजार नगद र ट्रफी प्रदान गर्नुभएको थियो ।

शनिवारको जितसंगै वडा नम्बर ४ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । गत सोमबारदेखी जारी उक्त प्रतियोगीताको त्यसैगरी फाइनलमा प्रतिस्पर्धाका लागि वडा नम्बर ४ ले अब हुने वडा नम्बर ७ र ११ को सेमी फाईलन खेलबाट बन्ने विजेता टिमसंग प्रतिस्पर्दा हुने आयोजक टिमले जनाएको छ ।

Leave a review