Sajhedari Daily
Latest News from Nepal

अर्थ मन्त्रालयद्धारा बाराका स्थानिय निकायलाई ५ अर्व ९ करोड ५७ लाख रकम विनियोजित ( हेर्नुस् तालिका सहित)

देव घिमिरे /
संघिय सरकारका अर्थमन्त्री युवराज खतिवडाले आउदो आर्थिक बर्ष २०७७/०७८ सालको बजेट प्रस्तुत गरेसंगै प्रदेश न २ अन्तर्गत बारा जिल्लामा आउदो आर्थिक बर्षको बजेट स्थानिय निकायलाई विनियोजित गरिएको छ ।

जिल्लामा दुई उपमहानगरपालिका,पाँच नगरपालिका र ८ गाउँपालिका गरि १६ वटा स्थानिय निकाय रहेको यस बारा जिल्लाको १६ वटै स्थानिय निकायमा ५ अर्ब ९ करोड ५७ लाख रुपैया बिनियोजित गरिएको छ ।

अर्थ मन्त्रालयले बिनियोजित गरेको रकम समानिकरण,सशर्त,विशेष र समपुरक अनुदानको रकम गरि ५ अर्ब ९ करिड ५७ लाख रुपैया विनियोजित रकम हुन आउँछ ।

चालु आर्थिक बर्ष २०७६/०७७ मा अर्थ मन्त्रालयले बिनियोजित गरेको जिल्लाको कुल जम्मा रकम ४ अर्ब ६३ करोड ३३ लाख रहेको थियो । आउदो बर्षको बजेट भने चालु आर्थिक बर्षको तुलनामा बढी रकम बिनियोजित गरिएको छ । जसमा ७१ करोड ३६ लाख धेरै रुपैया हुन आउँछ ।

चालु आ.ब.०७६/०७७ भन्दा आउदो आ.ब.०७७/०७८ मा सम्पुर्ण स्थानिय निकायमा बिनियोजित रकम बढी रहेको छ । राजनितिक भागबन्डा र बजेटमा खिचातानीका कारण चालु आ.ब.०७६/०७७ मा जिल्लाको अधिकाङ्कस पालिकाहरुले समयमा नै नगर, गाउँ सभा गर्न सकेका थियनन् ।

यसरी नगर गाउँ सभा न हुदा स्थानिय रुपमा पेश गर्नु पर्ने बजेट समेतमा प्रभाव परेको थियो । तै पनि यस बर्ष अर्थ मन्त्रालयले सम्पुर्ण जिल्लाको पालिकाहरुलाई रकम बढाएरै बिनियोजित गरिएको छ ।

ढिलो गरेर नगर,गाउँ सभा गरि बजेट बिनियोजित गरेका पालिकाहरुले भौतिक बिकास निर्माण,सामाजिक सुरक्षा,सामाजिक बिकास लगायतका कार्यक्रम गर्न पालिकाहरुले कुल बजेटको ५० प्रतिशत रकम यस बर्षमा खर्च गर्ने अनुमान गरिएको छ । यसरी हेर्दा अधा जसो बजेट निस्कृय हुने समेत देखिन्छ ।

आउदो आ.ब.०७७/०७८ मा जिल्लाको १६ वटै स्थानीय निकायले समयमा नै गाउँ,नगर सभा गरि बजेट बिनियोजन गर्ने र समयमा नै बजेटको सदुपयोग गर्नेमा आम बारा बासी बिश्वास र आशा राख्दछन प्रस्तुत छ ।
१६ वटै स्थानीय पालिकाको आउदो आ. ब.०७७/०७८ को बजेट र चालु आ. ब. ०७६/०७७ बजेटको फरक तालिका