Sajhedari Daily
Latest News from Nepal

जितिया पर्वको अवसरमा कोल्हवीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कोल्हवी

बाराको कोल्हवीमा थारु जातिको महान पर्व जितिया पर्वको अवसरमा विहिवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

थारु कल्याणकारणी सभा गाउँ इकाई कार्य समिति कोल्हवीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । ईकाइ सभापति रामबाबु चौधरीको अध्यक्षतामा कोल्हवी नगरपालिकाकी उपप्रमुख सुनैनादेवि थरुनी प्रमुख आतिथ्यतामा भएको थियो ।

शुभकामना कार्यक्रममा कोल्हवी नगरपालिका वडा न.१ का वडाअध्यक्ष बिरेन्द्र प्रसाद चौधरी वडा न.३ का अध्यक्ष किशुन दयाल चौधरी, ५ का बासुप्रसाद चौधरी, ७ का बिरेन्द्र प्रसाद चौधरी, तामागढी वन व्यवस्थापनका संयोजक रबिन्द्र पनुहर, किशोरी चौधरी, रामचन्द्र पनुहर, हरिचन्द्र पनुहर, जय श्रीराम चौधरी, बैधनाथ चौधरी, शिक्षक रतन चौधरी, पब्लिक माउन्ट एकेडेमीका, शिक्षक बिरेन्द्र चौधरी, रामनाथ चौधरी, अनुसन्धान शाखा कोल्हवीका कृष्ण चौधरी, जय प्रकाश चौधरी,पत्रकार संचारकर्मी लगायतकाले शुभकामन मन्तव्य राखका थिए ।

सो अवसरमा वोल्दै कोल्हवी वडा ७ का वडाअध्यक्ष बिरेन्द्र चौधरीले थारु संग्रहालयको लागि रु ३ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य रबिन्द्र पनुहरले गर्नुभयो भने कार्यक्रम संचालन धिरेन्द्र पनुहरले गर्नुभएको थियोे ।

Comments are closed.

error: Content is protected !!