Sajhedari Daily
Latest News from Nepal

बारामा कोरोना जित्नेको संख्या १२ पुग्यो

Top Aside Banner

सिकेन्द्र पासवान/
बारामा १२ जनाले कोरोना जितेका छन् । जिल्लाका ६९ कोरोना भाईरस (कोभिड(१९) संक्रमित मध्ये निको हुनेको संख्या १२ पुगेको प्रमुख जिल्ला अधिकारी रद्र प्रसाद पंडितले जानकारी दिनुभयो ।

बिहीबार संक्रमितमध्ये १ पत्रकार र ६ जना प्रहरी गरि ७ जना डिस्चार्ज भएसंगै निको हुनेको संख्या १२ पुगेको प्रहरी प्रवतmा गौतम मिश्रले भन्नुभयो । जेठ ३,५,११ र १२ गते कोरोना संक्रमण पुष्टि भएका ७ जनाको दोस्र तेस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डाक्टर रबि गुप्ताले जानकारी दिनुभयो ।

यसैगरी, बुधबार वीरगजस्थित गण्डक हस्पिटलमा उपचाररत २ आर्मी र विश्रामपुर गाउँपालिकाका १ गरि ३ जना डिस्चार्ज यस अघि नै भईसकेको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिनुभएको छ ।

नारायणी अस्पतालको आईसोलेसनबाट जितपुर सिमराका २ जना पहिला नै डिस्चार्ज भईसकेका छन् भने बारामा एकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको हो ।